मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस-एमाले सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम दिएको छ : मुख्यमन्त्री कार्की


  • माउन्टेन खबर
  • शनिबार, माघ १२, २०८१
  • 122
    SHARES

विराटनगर-  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ।

प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएकाे र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो ‘अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ।’

कोशी प्रदेशमा पनि २५%ले राजस्व वृद्धि गरेको चर्चा गर्दै उहाँले प्रदेश सरकारले राखेको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै हामीले यथार्थ समाचाारलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आम संचार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौं’, मुख्यमन्त्री कार्कीले भन्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)