बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २२, २०८१
  • 114
    SHARES

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताउनु भयो ।

उहाँले समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको बताउनु भयो ।
उपसभामुख रानाले भन्नुभयो, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । परिवारको माया प्रेम चाहिन्छ । समाजको काम गर्न हामीलाई कुनै ठूलो फण्ड चाहिँदैन । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)