मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थमन्त्री पौडेल थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ३, २०८१
  • 263
    SHARES

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका प्रमुख आचार्य घाइते हुनु भएको थियो ।पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनु भएको हो ।

मन्त्री पौडेल र मेयर आचार्यको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार पछि काठमाडौं ल्याईएको उहाँको सचिवालयले जनाएको छ । भइरहेको छ । मन्त्री पौडेलको सचिवालयका अनुसार पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)