मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता हुदैन : महामन्त्री थापा


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ९, २०८१
  • 269
    SHARES

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता नहुने बताउनु भएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार नेपाली काङ्ग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा भएको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’को उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो।

महामन्त्री थापाले कांग्रेसले देशको महत्त्वपूर्ण निर्णयमा नेतृत्व गरेको इतिहास संस्मरण गर्दै काङ्ग्रेसलाई अब राष्ट्रिय पार्टी र मतले मात्र नहुने उल्लेख गर्नुभयो। काङ्ग्रेस देशको राजनीतिमा जिम्मेवार हुनुपर्ने समय आएकोले सोही अनुसार सम्हाल्ने र मिलाउने भूमिकामा कांग्रेस रहनु पर्ने उहाँको भनाइ थियो।

कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पार्टीलाई निश्चित दिशा दिन अभियानले सकारात्मक प्रभाव पर्ने बताउनुभयो।

केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले गरेका राम्रा कामको प्रचार र चुनौतीबारे छलफल गर्न सबै प्रदेशमा अभियान थालिएको बताउनुभयो। केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससँग युवाको लिगेसी कायमै रहेको बताउनु भयो।

अर्का केन्द्रीय सदस्य  भीम पराजुलीले पार्टीको आन्तरिक चुनाव र भातृ संस्थाको आवधिक चुनाव समयमै गर्नुपर्नेमा जोड दिनुभयो। सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री तारामान गुरुङ लगायतले बोल्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)