मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०८१
  • 260
    SHARES

कर्णाली प्रदेश  – कर्णाली प्रदेशसभाको जारी दोस्रो कार्यकालको पाँचौँ हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । कानुन निर्माणका रूपमा लिइने पाँचौँ अधिवेशन ७ माघ २०८१ मा सुरु भएको थियो । आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस भएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । वार्षिक कार्यक्रमको खर्च शीर्षक अनुसारको रकम स्थानीय तहमा पठाउने निर्णय गरिएको शाहले बताए । सरकारले आगामी वर्ष २०८२ मा ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

असार १५ मा धान दिवस, साउन १ मा साउने सङ्क्रान्ति एवं देउडा दिवस, भदौ ४ मा प्रदेश स्थापना तथा शहीद दिवसमा बिदा दिने निर्णय भएको प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार संघीय सरकारले दिने सार्वजनिक बिदा नगाभिने गरी असोज ३ गते जुम्लामा चन्दननाथको लिङ्गो बोक्ने दिन, कोजाग्रत पूर्णिमा र चैते दसैँमा बिदा दिने निर्णय भएको छ ।

बैठकले पर्यटन प्रवर्धन समिति गठन, कर्णाली प्रदेश वन (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृति गर्ने, दैवी प्रकोप राहत कार्यक्रमा थप बजेट व्यवस्थापन गर्न स्वीकृत गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृत गर्ने, लागत साझेदारी सम्बन्धी बजेट व्यवस्थापनको अख्तियारी, बजेट हस्तान्तरण स्वीकृति र कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ प्रदेशसभामा दर्ता गर्न स्वीकृती प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)