शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०८१
  • 309
    SHARES

रसुवा – रसुवाको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ औँ संस्करण जिल्लाको सदरमुकाम धुन्चेमा आज बाट सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष बिराज लोप्चनले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता जिल्ला सदरमुकामस्थित खेलकुद मैदानमा आयोजना गरिएको उहाँले बताउनुभयो। सदरमुकाम धुन्चेको खेलकुद मैदानमा सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।

उद्घाटन गर्दै मुख्यमन्त्री लामाले स्रोत साधनको अभावले गर्दा उत्कृष्ट खेलाडी उत्पादन गर्न नसकेको भन्दै बागमती प्रदेश सरकारले खेलाडीको सम्मानमा यो वर्षदेखि मेडल वितरण गर्नुका साथै ओलाम्पिक खेलहरूमा भाग लिने खेलाडीहरूलाई सम्मान दिने घोषण गर्नुभयो ।

सो अवसरमा रसुवाबाट प्रतिनिधि सभाका सांसद मोहन आचार्यले  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताउनु भयो।

गाउँपालिका स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले बताउनुभयो ।

चैत्र २६ गते देखि २८ गते सम्म संन्चालन हुने प्रतियोगितामा प्रतियोगितामा तीन सय छात्रछात्राहरू सहभागी रहेका छन् । प्रथम, दितिय र तृतीय हुने गाँउपालिकालाई क्रमशः २२ हजार २ सय २२,११ हजार १ सय ११,५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिने छ । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरू प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि छनौट हुनेछन् ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १३ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति रसुवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)