रसुवा – उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न नेकपा एमाले सँग सहकार्य गरिएको बताउनु भएको छ ।
राज्यलाई अस्थिर बनाएर मौका छोप्ने हरू देखा परे पछि काँग्रेसले टुलुटुलु हेर्न नसकी स्थिरता सँगै विकास दिन यो गठबन्धन गरिएको उहाँको भनाई छ ।
रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन समारोहलाई संम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सोहि अबसरमा उपप्रधानमन्त्री सिंहले “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ यसले परिणम अबस्य ल्याउने उहाँको भनाई छ ।
