बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, असार ११, २०८२
  • 271
    SHARES

काठमाडौँ – कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा २१ जना छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न नयाँ सबभेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विशेषगरी भारतबाट फर्कनेमा सीमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रम बढ्दो छ । ओमिक्रोनको सब भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकसित रूप हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)