शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तरकारीमा निकासी कर, किसानद्वारा चक्काजाम


  • माउन्टेन खबर
  • बिहिबार, असार १९, २०८२
  • 100
    SHARES

सर्लाही – तरकारीमा नगरपालिकाले निकासी कर लगाएको विरोधमा सर्लाहीको लालबन्दीमा किसानले चक्काजाम गरेका छन् ।

आज बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा किसानले चक्काजाम गरेका हुन् । ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । सोही निर्णय बमोजिम बिहीबार बिहान किसानले थोक बजारमा बिक्री गर्न ल्याएको तरकारी व्यापारीले खरिद गरेनन् ।

नगरपालिकाले लगाएको करको विरोधमा व्यापारीले तरकारी खरिद नगरेपछि किसानले लालबन्दी–७ स्थित तरकारी बजार अगाडि पूर्वपश्चिम राजमार्गमै तरकारी राखेर चक्काजाम गरिरहेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)