बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु


  • माउन्टेन खबर
  • बिहिबार, असार १९, २०८२
  • 482
    SHARES

सिन्धुली, १९ असार । सिन्धुलीको मरिण गाउँपालिका–६ मा स्थापना गरिएको मरिण कम्युनिटी अस्पतालले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा कार्यक्रमका साथ सेवा विस्तारको घोषणा गरेको छ।

वार्षिकोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य लेखनाथ ९राजन० दाहालको प्रमुख आतिथ्य रहेको थियो। सांसद दाहालले मरिण जस्तो ग्रामीण बस्तीमा अस्पतालले सुरु गरेको सेवा र स्वास्थ्य पहुँचको प्रयासलाई अनुकरणीय भन्दै निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा। बिपिन नेपालले एक वर्षको अवधिमा प्राप्त सफलताबारे जानकारी दिँदै आगामी दिनमा अझ स्तरीय र विशेषज्ञ सेवा थपिने प्रतिबद्धता जनाए। अस्पतालले वार्षिकोत्सवकै दिनदेखि सामान्य शल्यक्रिया  सिजेरियन डेलिभरी उपचार सेवा सुरु गरेको घोषणा गरिएको थियो।

स्थानिय जनप्रतिनिधि, प्रशासनिक अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा वक्ताहरूले ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याएकोमा मरिण अस्पतालको प्रयासको प्रशंसा गरेका थिए।

अस्पताल स्थापना भएदेखि नै दैनिक ओपीडी सेवा, आकस्मिक उपचार, ल्याब, एक्स(रे, अल्ट्रासाउन्ड, फिजियोथेरापी, प्रसूति तथा बाल स्वास्थ्य सेवा लगायतका नियमित सेवा प्रवाह हुँदै आएको छ।

अस्पतालका सञ्चालकहरूका अनुसार स्वास्थ्य पहुँचबाट टाढा रहेका जनतालाई गुणस्तरीय सेवा दिनु नै संस्थाको मुख्य उद्देश्य हो। वार्षिकोत्सवमार्फत सेवा विस्तारसँगै अस्पतालले भविष्यमा समेत विशेषज्ञ सेवा थप गर्दै लैजाने रणनीति बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)