शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी-स्याफ्रुबेसी सडक संचालनमा


  • माउन्टेन खबर
  • आइतवार, साउन ५, २०८२
  • 216
    SHARES
रसुवा-  रसुवागढी-स्याफ्रुबेसी सडक आजबाट संचालनमा आएको छ ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक अयोजनाका अनुसार लिङलिङको सडक मर्मत तथा निमार्ण गरेसँगै सडक संचालनमा आएको हो ।
१२ दिन देखिको निरन्तर प्रयासपछि लिङलिङ र फयाङलुङ खोलाको बीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरेसँगै आजबाट सडक सुचारु भएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले बताउनुभयो ।
रसुवामा गत २४ गते मंगलबार विहान चीनको लेन्दे खोलाबाट आएको बाढीले स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको दश स्थानमा कटान गरेको थियो ।
कटान गरेको सडक दुबैतर्फ बाट काम गरी अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याउन सफल भएको आयोजनाले जनाएको छ ।
हाल ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने  पौडेले बताउनुभयो ।
नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले रसुवागढीमा पनि बेलिबृज छिट्टै निमार्ण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)