बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजीनामा दिनुपर्ने आधार छैन, सबै संविधानअनुसार हुन्छ: मुख्यमन्त्री लामा


  • माउन्टेन खबर
  • बुधबार, साउन १५, २०८२
  • 179
    SHARES

काठमाडौँ –  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

बुधबार कांग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामाले आफू संविधानअनुसार चल्ने बताए । संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने बताउदै उनले भने, ‘मैले राजीनामा दिनुपर्ने आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन ।’

आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को (२) अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको भनाई छ । उनले भने, ‘संविधानको धारा १६८(२) अनुसार बनेको सरकार हो यो । त्यसअनुसार सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने छैन । त्यसैले यो सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन मिल्दैन । संविधानले स्थिर सरकारको व्यवस्था गरेको छ । एकचोटि अविश्वास प्रस्ताव दर्ता भयो भने अर्को पटक फेरि एक वर्ष कुर्नुपर्ने प्रावधान छ । त्यसैले संविधानले स्थिर सरकारको लागि छुट्टै व्यवस्था गरेको हो, जुन सबैले पालना गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)