मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्यास्ट्रोएन्टेरोलोजी र न्यूरोलोजीको उपचारमा अत्याधुनिक सुविधासहित एपोलो अस्पताल


  • माउन्टेन खबर
  • शनिबार, साउन ३२, २०८२
  • 184
    SHARES

काठमाडौँ –  भारतको राजधानी नयाँ दिल्लीस्थित इन्द्र प्रस्थ एपोलो अस्पतालले ग्यास्ट्रोएन्टेरोलोजी र न्यूरोलोजीको उपचारमा छलाङ मारेको छ ।

अस्पतालले पछिल्लो पटक भएका नयाँ विकास र प्रविधिको बारेमा जानकारी दिन राजधानीमा एक कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रममा अस्पतालले उपलब्ध गराउँदै आएका सेवाहरूका बारेमा जानकारी दिइयो । अपोलो अस्पतालमा रहेको इन्स्टिच्युट अफ न्यूरोसाइन्सेस स्ट्रोक, टाउको दुखाइ, मिर्गी, कोमा, न्यूरोप्याथी, मल्टिपल स्क्लेरोसिस, मायोप्याथी, पार्किन्सन रोग, मायस्थेनिया ग्रेभिस, टाउकोमा चोटपटक, ट्युमर, स्पाइनल डिसअर्डर र अन्य धेरै स्नायु रोगहरूको उपचार गर्दै आएको छ।

यो अस्पताल विशेष गरी ग्यास्ट्रोएन्टेरोलोजी सुविधाहरू भएको भारतको सबैभन्दा ठुलो नेटवर्क भएको अस्पताल हो । यसले ,ग्यास्ट्रोइंटेस्टाइनल प्रक्रिया र उपचारमा निकै प्रगति गरेको छ ।

भारतका २ सय भन्दा बढी शीर्ष ग्यास्ट्रोएन्टेरोलोजिस्ट र जीआई सर्जनहरू भएको यो अस्पताल अत्याधुनिक एन्डोस्कोपी र शल्यक्रिया सुविधाहरू भएको अस्पतालको रूपमा प्रसिद्ध छ । यस अस्पतालले विश्वभरका बिरामीहरूलाई विश्व स्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ । अपोलो अस्पताल एसियाको अग्रणी एकीकृत स्वास्थ्य सेवा प्रदायकको रूपमा परिचित छ ।

यस अस्पतालले धेरै देशहरूमा टेलिमेडिसिन सुविधाहरू, स्वास्थ्य बिमा सेवाहरू, ग्लोबल प्रोजेक्ट्स कन्सल्टेन्सी, मेडिकल कलेजहरू, ई–लर्निङका लागि मेडभर्सिटी, नर्सिङ र अस्पताल व्यवस्थापन कलेजहरू र एक अनुसन्धान प्रतिष्ठान पनि स्थापना गरेको छ ।

कार्यक्रममा अस्पतालका सिनियर कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजी हेपाटोलोजी डाक्टर सञ्जय सिक्काले ग्यास्ट्रोएन्टेरोलोजी, कलेजो र प्याट्रियाटिक रोगहरूको बारेमा विस्तृतमा जानकारी दिए । हामी एकदमै सटीक निदान र कारण पत्ता लगाउने उपचारमा केन्द्रित छौ ।

बिरामीलाई छिटो निको पार्नका लागि हामी एकदमै उच्च उपचारात्मक इन्डोसकोपी र बिरामीको हेरचाहको नवीनतम विधि अपनाइरहेका छौ ।’ उनले भने । अर्का न्यूरोलोजिीका सिनियर कन्सल्टेन्ट डा. पिएन रेनजेनेले न्यूरोलोजिकल रोगसंबन्धी उपचारमा पछिल्लो पटक अपनाइएका शैली र तरिकाबारे जानकारी दिए ।

उनले अस्पतालले न्यूरोलोजीको निदान र उपचारका क्षेत्रमा विकास गरेका क्षमताहरू र न्यूरोलोजीका वृहत् क्षेत्रहरूको बारेमा जानकारी दिए ।

पछिल्ला वर्षहरूमा सो अस्पतालले पाचन, हेपाटोबिलियरी हेरचाहमा प्राप्त विश्वास, ननिवता र उत्कृष्ट बेन्चमार्कहरूको बारेमा पनि जानकारी गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)