बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाइस दिन बिती सक्दा पनि संन्चालनमा आउन सकेन स्याफ्रुबेसी–रसुवागढी सडक


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ५, २०८२
  • 339
    SHARES

रसुवा – साउन चौध गते बाढीले पुन क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक बाइस दिन बिती सक्दा पनि अझै संन्चालनमा आउन सकेन । सडक संन्चालनमा आउन नसक्दा यात्रुहरु भने पैदल यात्रा गर्न बाध्य भएका छन ।

चीन तर्फ बाट लेन्देखोलामा आएको बाढीले कटान गरी बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै एक साता बढी लाग्ने देखिएको छ । टिमुरे,तातोपानी डाँडा,फ्याङलुङ र लिङलिङ चार स्थानमा नदीले कटान गरेको भागहरू निमार्ण भए पनि गोसाईंकुण्ड गाउँपालिका तीन स्थित मेदाङपुदुङमा भने अलिक जटिल भएकाले बढी समय लागेको गल्छी,त्रिशूली,मैलुङ,स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रूपनारायण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सडक निमार्णका क्रममा कडा चट्टान निस्किएकाले एउटा मात्र उपकरणको प्रयोगले काम छिटो गर्न नसके पनि काम भने नियमित भइरहेको बताउनुभयो ।

आयोजनाका अनुसार यही साउन चौध गते चीनबाट दोस्रो पटक लेन्देखोलामा आएको बाढीले पहिले भन्दा धेरै क्षति गरेको छ । करिब दुई किलोमिटर सडकमा क्षति पुगेको छ । गत असार चौबीस गते आएको बाढीले उक्त सडक करिब एक किलोमिटरमा क्षति पुगेको थियो भने तेह्र दिनको मर्मत पछि साउन चार गते देखि सडक एक तर्फी सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)