शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्रमिकहरूको अधिकार संरक्षणका निरन्तर क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री सिंह


  • माउन्टेन खबर
  • बुधबार, भदौ ११, २०८२
  • 235
    SHARES

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले श्रमिकहरूको अधिकार संरक्षणमा कुनै कमजोरी हुन नदिन विदेशस्थित नेपाली कूटनीतिक नियोग क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

मलेसियास्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेर नेपालको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्ने श्रमिकको अधिकारका लागि दूतावासले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार विशेषगरी मलेसियामा नेपाली सेक्युरिटी गार्डहरूमाथि भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक ध्यान दिन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ ।

यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी हुनुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली राजदूत डा नेत्रप्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)