मकवानपुर –बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ सार्वजनिक बिदा बाहेक सबै दिन कार्यालय समयमा मन्त्रालयमै बसेर काम गरिरहेका छन्।
प्रदेश सरकारको विभिन्न मन्त्रालयबाट आएको फाइलहरू धमाधम अगाडी बढाएको मन्त्री तामाङको सचिवालयले जनाइएको छ।
मन्त्री नियुक्त भएको दुई साता भित्र विभिन्न मन्त्रालयको एक दर्जन भन्दा बढी फाइलहरू अगाडी बढाइएको समेत सचिवालयले जनाइएको छ।
प्रदेश सरकार बाट सञ्चालित विभिन्न कार्यालयहरूको अस्थायी कर्मचारी व्यवस्थापन लगायत कानुन निर्माणको विभिन्न क्षेत्रमा अध्ययन गरिरहेको समेत उहाँको सचिवालयले बताइएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
