बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाकामा नेपाल तर्फ बेलीबृज निमार्णको काम आज बाट सुरु


  • सुशील कोइराला
  • शुक्रबार, भदौ २७, २०८२
  • 347
    SHARES

रसुवा –नेपाल र चीनको सिमाना रसुवागढीमा निमार्ण हुन लागेको बेलीबृज निमार्णको काम चीन सरकारले आज बाट नेपाल तर्फ पनि सुरु गर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

चीन तर्फको निमार्णको काम सम्पन्न गरी लेन्देखोलामा डाइभर्सन बनाई नेपाल तर्फ चिनियाँ कामदार बेलीबृज निमार्ण गर्नका लागि आई सकेकाले आज बाट नेपाल तर्फको काम सुरु हुने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताउनुभयो ।

बिहीबार डाइभर्सन निमार्ण गरिए पछि चीनको केरुङमा काम गर्न गएका एक सय त्रिशठी जना नेपालीहरू पनि नेपाल आएको उहाँले बताउनुभयो । गत असार चौबीस गते तथा साउन चौध गतेको बाढीले कटान गरेको स्याफ्रुबेसी देखि रसुवागढी सम्मको सोह् किलोमिटर सडक पनि एक तर्फी रूपमा संन्चालनमा आई सकेकोले सुरक्षा निकायको निगरानीमा काम हुने उहाँको भनाई छ ।

गत असार चौबीस गते चीनको लेन्देखोलामा आएको भीषण बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाए पछि बेलीबृज निमार्णको काम चीन सरकारले गरी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)