शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : अध्यक्ष ठाकुर


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २८, २०८२
  • 313
    SHARES

धनुषा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताउनुभएको छ ।

आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ठाकुरले भन्नुभयो, “उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ताघटकको सर्वपक्षीय सहमति भएको हो ।” उहाँले आफूहरु पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाइमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)