शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सोनलको दाबी पेस


  • माउन्टेन खबर
  • बुधबार, अशोज २९, २०८२
  • 299
    SHARES

मधेस प्रदेश – मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गर्नुभएको छ ।

मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार पाँचदलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनालले आज मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेस गर्नुभएको हो ।

सरकार गठनका क्रममा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच सहमति जुटेको उहाँले बताउनुभयो ।

मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता सोनालको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको भन्दै गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको मधेस प्रदेश लोसपा संसदीय दलका नेता जेलुन राइनले जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका केही राजनीतिक दलहरू पनि सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा आउनुभएको निमित्त सचिव यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)