मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ३०, २०८२
  • 475
    SHARES

काठमाडौँ-  गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन्। लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ।

आधुनिक, लोकदोहोरी, चलचित्र तथा पप गीतमा आफ्नो जादु चलाउने सर्जक खनालले यस चाडबाडको गीतमा पनि मौलिकतालाई प्राथमिकता दिएर शब्द कोरेको देख्न सकिन्छ। गीतमा गायक डाँगी लाई गायिका सीमा थापाले साथ दिएकी छन् भने सङ्गीत संयोजन तथा मिक्सिङ माष्टरिङ पनि गायक डाँगीले नै गरेका छन्।

महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई निर्देशक दिनेश सिंह ठकुरीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्, छायाङ्कन मरुभूमि नारायणको रहेको उक्त गीतलाई अनिल विष्ट प्यूठानी ले सम्पादन गरेका हुन्। गीतमा श्याम मगर, दीपक केसी, दिव्या बायल कोटी, नमुना डुम्रे भट्टराई, रेसम लाल भट्टराई लगायतको अभिनय देख्न सकिन्छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)