बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ३, २०८२
  • 180
    SHARES

मकवानपुर-  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरिदिनुभएको घर मकवानपुरको मनहरी गाउँपालिका- ९ की मिठुमाया सुनारलाई हस्तान्तरण गर्नुभएको छ । आज यहाँ एक कार्यक्रम आयोजना गरी उहाँले घरको साँचो हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले समाजमा उपेक्षित तथा आर्थिक अभावको कारणबाट कठिनाइ भोगिरहेका विपन्न जनताका लागि सामाजिक न्याय दिलाउन आफूले पहल थालेको उल्लेख गर्नुभयो । उहाँहरूलाई सम्मानजनक जीवनयापन गराउन, विकासको पूर्वाधारणलाई पारदर्शी बनाउँदैती वर्गलाई उपलब्ध गराउने उद्देश्यले आफू राजनीतिमा होमिएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री बानियाँले सरकारले प्रदेशका १३ जिल्लामा क्रमशः रु दश लाख भन्दामाथिका विभिन्न टुक्रे आयोजनालाई अब ठेक्का प्रणालीबाट निर्माण गर्ने नीति तर्जुमा गरिसकेको जनाउनुभयो ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको दुर्गम भेगमा बसोबास गर्ने विपन्न नागरिकलाई खानेपानीको धारा वितरण गर्नुका साथै अति विपन्न, दलित, आदिवासी, जनजाति र चेपाङलाई आवश्यकताअनुसार आयआर्जनका लागि मौसमी तरकारी, चिउरीखेती लगाउन आर्थिक सहयोग उपलब्ध गरेको जानकारी दिनुभयो ।

घरको साँचो लिँदै सुनारले पतिको केही वर्षअघि निधन भएको बताउँदै एकमात्र छोरा पनि अपाङ्गताका कारण बेसाहरा भएको उल्लेख गर्नुभयो । सुनारको घर पानी चुहिने, झुप्रो भएकाले स्थानीयले मुख्यमन्त्री बानियाँलाई जानकारी दिएपछि उहाँले आफ्नो निजी खर्चमा घर बनाइदिनुभएको मुख्यमन्त्रीको प्रेस संयोजक सुजन बिडारीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँको सेवासुविधाबाट प्राप्त रकममध्ये रु चार लाखको लागतमा तीन कोठा, शौचालय र नुहाउने कोठासहितको घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कालाखेती जानकारी दिनुभयो ।

मुख्यमन्त्रीको खर्चमा राक्सीराङ गाउँपालिका- ९ इन्द्रदङका सुमन सिं चेपाङ प्रजाका लागि निमार्णाधीन घर अहिले द्रुतगतिमा काम भइरहेको बानियाँका स्वकिय सचिव मिलन पुडासैनीले बताउनुभयो । यही कात्तिकको अन्तिम सातासम्ममा प्रजालाई सो घर हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरमा आर्थिक रूपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति दिने र चेपाङ, दलित, बोटे, जिरेल हायु, वनकरियालगायत अति विपन्न समुदायका लागि गाँस, बास र कपासको व्यवस्थापन गर्ने विषयलाई उच्च प्राथामिकतामा राखिएको बागमती प्रदेश सामाजिक मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)