शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २३, २०८२
  • 183
    SHARES

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

आज प्रदेशसभामा विश्वासको मत लिन पुग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा घोषणा गर्नुभयो । उहाँले आजै प्रदेशप्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री सोनल गत असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियोे । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत असोज २९ गते प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गर्नुभएको थियो ।

एक सय सात सदस्य प्रदेशसभामा सरकार गठनका लागि ५४ आवश्यक बहुमत हो । मधेस प्रदेशसभामा सत्ता गठबन्धन लोसपाको आठ, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको नौ र एकीकृत समाजवादीको सात सिट छ । नागरिक उन्मुक्ति पार्टीले उहाँलाई विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि मत दिने आश्वासन दिएको सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित हुनुभएको थियो ।

माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले आज सदनमा असन्तुष्टि जनाउनुभएको थियो । त्यसपछि आफूले मत पाउने सुनिश्चित नदेखेपछि उहाँले राजीनामा घोषणा गर्नुभयो ।

मुख्यमन्त्री सोनललाई मधेसका प्रदेशप्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)