शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेसका मुख्यमन्त्रीविरुद्ध सात दलको विरोध नवौं दिन पनि जारी


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ३, २०८२
  • 363
    SHARES

काठमाडौँ –  सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् ।

मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता ७ दलले मंगलवार ९ औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् । धर्नामा बस्नुभएका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाउनु भयो । उहाँले आफूहरु मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरु ९र्औँ दिनपनि जारी राखेको बताउनु भयो ।

मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेशमा आन्दोलन थालेको हो । नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)