शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेशमा उपसभामुखद्वारा प्रदेशसभा बैठक आह्वान


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ४, २०८२
  • 85
    SHARES

काठमाडौं –  मधेश प्रदेशकी उपभामुख बबिता राउत इशरले प्रदेशसभा बैठक आहवान गर्न गरेकी छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उपसभामुखले बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।

नेकपा संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक बुधबार आह्वान गर्न माग गरेका थिए ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेको साहको भनाइ छ ।

त्यसअघि उपभामुख ईशरले २५ प्रतिशत भन्दा बढी सात दलका प्रदेश सभा सदस्यले प्रदेश सभामा भौतिक उपस्थित भई सभा सञ्चालन गर्न आग्रह गरेको र कानूनी बाध्यतासमेत रहेकाले १० बजे कार्य व्यवस्था परामर्श समितिको र १ बजे प्रदेश सभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन गरेकी थिइन् ।

सभामुख मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै बैठक आह्वान विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको प्रतिक्रिया दिएका छन् । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको सात दिन पुगेको छ । बहुमत प्रदेश सभा सदस्यहरु एमालेलाई एक्लो पारेर अघि बढेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)