मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमानी शाहले हेरिन् चलचित्र ‘परान’, भन्छिन्– ‘नेपालको यथार्थ’


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ४, २०८२
  • 180
    SHARES

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले चर्चित नेपाली चलचित्र ‘परान’ हेरेकी छन् । यो चलचित्र अहिले तेस्रो साता प्रदर्शन भइरहेको छ ।

पूर्वयुवराज्ञी शाहले दरबारमार्गस्थित क्यूएफएक्स हलमा सोमबार साँझ चलचित्र परान हेरेकी हुन् ।

उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यो चलचित्रमा नेपालको वर्तमान अवस्थाको यथार्थ भेटिने बताइन् ।

‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपाली विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ,’, उनले भननिन् ।

पूर्वयुवराज्ञी शाह केही आफन्तसहित हलमा पुगेकी थिइन् । फिल्मले पछिल्लो १० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ ।

दीपकप्रसाद आचार्य काकु निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)