शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विवाहपञ्चमीको पाँचौ दिन आज माता सीताको मटकोर गरिँदै


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ९, २०८२
  • 203
    SHARES

धनुषा – विवाहपञ्चमीको पाँचौ दिन आज माता सीताको मटकोर गरिँदै छ । मटकोर विधि धनुषाको गंगासागर पोखरीमा हुनेछ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत हिजो तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत हिजो तिलकोत्सव विधि गरिएको हो । राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुग्नु भएको थियो ।

प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थबीच अंकमाल गर्दै समधी मिलन गरिन्छ ।

भोलि विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)