काठमाडौँ, १७ मङ्सिर । वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ र नेपाल आइडल गङ्गा सोनामको स्वरमा रहेको ‘फकाउने मान्छे’ बोलको नेपाली लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा श्रेष्ठ र नेपाल आइडल सिजन ६ कि विजेता सोनामको स्वरमा रहेको उक्त गीत आज सार्वजनिक गरिएको हो ।
अर्जुन मिश्र अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको संगीत संयोजन अर्जुन मिश्रले गर्नुभएको छ । द म्युजिक एरा अनामनगरमा रेकर्ड तथा छायांकन भएको उक्त गीतको शब्द कृस्ना आचार्यको रहेको छ ।

