बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुर सडक विस्तार

प्रभावितलाई आवासका लागि सहजीकरणसंगै सहुलियतसम्बन्धी विभिन्न व्यवस्था


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २२, २०८२
  • 80
    SHARES

मकवानपुर –  हेटौंडाको २५ गज राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि हेटौंडा उपमहानगरपालिकाले नौ बुँदे पुर्नस्थापना सहजीकरण कार्यक्रम सार्वजनिक गरेको छ । सडक विस्तारका कारण जग्गा पूर्णरूपमा सडक क्षेत्रमा परेर अन्यत्र आफ्नै घर–जग्गा नभएका पीडितकोनौ बुँदे पुर्नस्थापना सहजीकरण कार्यक्रम सार्वजनिक निर्णय उपमहानगरपालिकाले गरेको छ । यसका लागि वडा कार्यालय मार्फत् वास्तविक पीडितको विवरण संकलन गरी आवास व्यवस्थापनमा सहजीकरण गरिने छ ।

आइतबार बसेको नगर कार्यपालिकाको ७६ औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थित गर्दै प्रभावितलाई थप सहज बनाउन विविध राहत तथा सहुलियतसम्बन्धी व्यवस्था अघि सारेको छ । बैठक अनुसार, घर भत्किएका घरधनीलाई सहुलियतपूर्ण ब्याजदरमा आवास निर्माण ऋण उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

त्यस्तै, विस्तारका कारण व्यवसाय बन्द भई विस्थापित भएका व्यापारीहरूको लगत संकलन गरी व्यवसाय कर छुट दिने प्रस्ताव नगरसभामा पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नयाँ घर बनाउने प्रभावितका लागि २ हजार वर्गफिटसम्म नक्सापास दस्तुर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरिएको छ ।

प्रभावितलाई समयमै घर पुनर्निर्माण सुरु गनेृ कार्यलाई सहज बनाउन ‘फास्ट ट्र्याक’ प्रक्रिया मार्फत प्राविधिक सहयोग सहित नक्सापास सेवा उपलब्ध गराइने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन आपूर्तिकर्तासँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी, हेटौंडा हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने, सडक विस्तार भएको क्षेत्रमा सहरको पहिचान झल्किने एकरूपका भवन मोडेल तयार गरी कार्यान्वयनमा लैजाने र सडक बिस्तारबाट प्रभावितहरुको व्यवसाय निरन्तरताको लागि उद्योग–वाणिज्य संघ तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरी बजार सेवा निरनतर गर्नका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)