बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय सहयोगमा बन्ने श्री निन्यूखर्क माध्यमिक विद्यालयको शिलान्यास


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ८, २०८२
  • 173
    SHARES

काठमाडौँ –  गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ मा अवस्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास आज काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष श्री भुपाल पोखरेलले संयुक्त रुपमा गर्नुभयो ।

धुर्कोट गाउँपालिका–३ स्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग ३करोड ८0 लाख रुपैयाँमा निर्माण हुँदैछ ।

नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो ।

नजिकको छिमेकी र विकास साझेदार भएको नाताले भारत र नेपालबीच विभिन्न क्षेत्रमा व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको कार्यान्वयनले विकास र समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने काठमाडौँ स्थित भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)