मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डीले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, १५ हजार ९९९ मै जोडीको उपचार


  • माउन्टेन खबर
  • बिहिबार, माघ ३०, २०८२
  • 144
    SHARES

काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रणय दिवस ९भ्यालेन्टाइन डे० का अवसरमा ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डीले फेब्रुवरी १४ ९भ्यालेन्टाइन डे०को अवसर पारेर एक जनाको खर्चमा जोडीको उपचार गर्नेगरी अफर सार्वजनिक गरेको हो । ग्राण्डीले रु १५ हजार ९९९ मा क्यूपिड प्याकेजअन्तर्गत एक जोडीको उपचार गर्नेछ ।

उक्त प्याकेजअन्तर्गत ग्राण्डीले रु १५ हजार ९९९ मा एक जोडीलाई ब्लड सुगर जाँच, सिबिसी, लिपिड प्रोफाइल, थाइराइड जाँच, सोडियम, पोटासियम क्रेटिनाइन, एसजीपीटी, एसजीओटी, युरिक एसिड, पिसाब, छातिको जाँच, इसिजी, ईको, टिएमटि, विएमडी, भिटामीन डि, मेमोग्राफी, डक्टर कन्सल्टेन्टलगायतका सेवा उपलब्ध गराउनेछ ।

फेब्रुवरी १२ देखि २८ तारिखसम्म सञ्चालन हुने उक्त अफरमा भाग लिएर स्वास्थ्यजाँच गर्न ग्राण्डीले सबैलाई आह्वान समेत गरेको छ । उक्त अफरमा सहभागी हुने जोडीलाई ब्रेकफास्ट, रजिष्ट्रेशन कार्ड फ्रि गरिने अस्पतालकी उपमहाप्रबन्धक एवम् मार्केटिङ शाखा प्रमुख अर्चना प्रधानले जानकारी दिनुभयो । ग्राण्डीले भ्यालेन्टाईन डे अफरमा भाग लिन चाहने जोडीलाई बुकिङ खुला समेत गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)