मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ – केन्द्रीय सदस्य आचार्य


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १, २०८२
  • 177
    SHARES

रसुवा-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई. मोहन आचार्यले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन् । रसुवाको चुवावी कार्यक्रमलाई  सम्वोधन गर्दै नेता आचार्यले  अब कांग्रेस नयाँ रूपमा रुपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए ।

उनले भने, ‘हामीले कांग्रेसमा अहिले नेता मात्रै हाइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौं ।

विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको सुनाए।

उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको  बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ भने यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ। कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ। यसले धेरै ठूला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन्।’

नेता आचार्यले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो कुर्वानी गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।

उनले जेन-जीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापुर्वक पार्टीले लिएको बताए ।

‘जेनजी विद्रोहको उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार निर्मुल र सामाजिक सञ्जाल चल्न दिनु नै थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ’ उनले भने ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)