मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा काँग्रेस प्रवेशको लहर

नेकपा एमाले बाट निर्वाचित पूर्व वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी सयौँ जना काँग्रेसमा प्रवेश


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १३, २०८२
  • 1.5K
    SHARES

रसुवा  – रसुवा जिल्लाको आमादिङमो गाउँपालिका अन्तर्गत चिलिमे,थम्बुचेतमा काँग्रेस आमाछोदिङमो गाउँपालिका कार्यसमिति द्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा चुनावी आमसभामा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी सयौँजना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य को निर्वाचन केन्द्रित आमसभाको बिच पार्टीको तर्फबाट रसुवाको काँग्रेस उम्मेदवार समेत रहेको केन्द्रीय सदस्य ई.मोहन आचार्य र पार्टीको नेता तथा केन्द्रीय सदस्य जनार्दन ढकालले खादा माला लगाई पार्टीमा भित्र्याएका हुन्।

 

को को गरे त पार्टी प्रवेश ?

 

नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष समेत रहनुभएको दावा गोम्बो तामाङ सहित सायौँ नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको हो ।

 

प्रवेश गर्नेहरूमा चेङ दावा तामाङ,स्याङ ज्याल्बो तामाङ,पाल्बो तामाङ,लक्पा छेवाङ तामाङ,मिङमार छिरिङ तामाङ,मिङमार कामी तामाङ,कृष्ण बहादुर तामाङ,पक्का तामाङ,निखिल तामाङ,सेमदेजी तामाङ,मिङमार वाङमो तामाङ,कान्छीमाया तामाङ,मेन्दो यामो तामाङ,बिजय तामाङ,बादल तामाङ,दाकु तामाङ,दुर्गमान तामाङ,कुल बहादुर तामाङ रहेका छन्।

 

त्यसै गरी दावासाङबो तामाङ,सोनम छिरिङ तामाङ,ल्हाक्पा नुर्पु तामाङ,पासाङ छिरिङ तामाङ,छिरिङ धिण्डुप तामाङ,टासी दोर्जे तामाङ,फुर्पा तामाङ,मिङमार तामाङ,कर्मा टासी तामाङ,लाक्पा ग्याम्जो तामाङ,पासाङ छेवाङ तामाङ,छेवाङ तेन्जेन तामाङ,ल्हाच्युङ तामाङ,ल्हावाङ नुर्पु तामाङ,टासी नुर्पु तामाङ,मेम्बर तामाङ,दावा मिङमार तामाङ,कार्साङ छोमो तामाङ,दावा तेन्जेन तामाङ,पासाङ घले,पासाङ देची तामाङ,पेम्पा धिन्डुप तामाङ,नम्प्रा तामाङ,कोपिला घले,कामी लामा,टासी छोवाङ लामा,कार्साङ छोमो तामाङ,कोपिला तामाङ,लाक्पा नुर्पु तामाङ,कमल तामाङ,दावा छिरिङ तामाङ र कामी लामा रहेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)