मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २७, २०८२
  • 113
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गर्दै बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)