मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०८२
  • 214
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।

बिहीबार साँझ भएको रास्वपा चार शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ।

काठमाडौँको एक होटलमा बिहीबार अपरान्ह पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल एवम् डा.स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।

छलफलमा चुनावी समीक्षा देखि नयाँ सरकार गठन र सुशासनको मुद्धाको सम्बोधन गर्ने खाकाबारे गृहकार्य भएको एक नेताले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिमण्डल गठन,आकाङ्क्षीको व्यवस्थापन र पहिलो मन्त्रिपरिषद् बैठकको एजेण्डा लगायतका विषयमा पनि नेताहरू बीच छलफल भएको छ ।

बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको शपथ ग्रहण तय गरेको थियो। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)