मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शतप्रतिशत केन्द्रीय सदस्य सभापतिको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा हुनुहुन्छः प्रवक्ता चालिसे


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०८२
  • 138
    SHARES

काठमाडौँ-  नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्यहरु एकमत रहेको बताउनुभएको छ ।

काँग्रेसको जारी केन्द्रिय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको र सबैले राजिनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।

 

बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पनि प्रश्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रिय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘विशेष गरेर निर्वाचनको समिक्षा र सभापतिको राजिनामा दुई विषयमा केन्द्रित रहेर बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजिनामालाई अस्वीकृत गर्ने प्रश्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीहरुले राय राख्नुभएको छ । हालसम्म ४६ जना केन्द्रिय सदस्यहरुले बोलिरहँदा शतप्रतिशत साथीहरुले सभापतिको राजिनामालाई फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एकमत जाहेर गर्नुभएको छ ।’ 

काँग्रेसको केन्द्रीय समितिको बैठक हाल पार्टी मुख्यालय सानेपामा जारी छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले ठूलो पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजिनामा दिनुभएको छ । – न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)