काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकमा सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक औपचारिक रुपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
बैठक दिउँसो १ः१५ बजे पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बस्दैछ । मंगलबारको बैठकको एजेन्डा चुनावी समीक्षा नै हुनेछ ।
गत चैत ६ र ८ गते बसेको बैठकले चुनावी समीक्षा गर्दै सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो । राजीनामा अस्वीकृत भएसँगै थापाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
योसँगै उनी जिम्मेवारीमा फर्केका छन् ।
भिडियो सौजन्य : न्यूज एजेन्सी नेपाल
