मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, क्रियाशील सदस्यता अद्यावधिक बैशाख १ गतेदेखि

कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्छ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०८२
  • 210
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक एवं नयाँ सदस्यता लिनेका लागि आगामी बैशाख १ गतेदेखि नै खुला गरिने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा विशेष सम्बोधन गर्दै उक्त निर्णय गरिने बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्दै बैशाख १ गतेदेखि अनिवार्य रूपमा क्रियाशील सदस्यता लिनुपर्ने बताएका हुन् ।

पहिलेदेखिका सदस्यले अद्यावधिक नगरे छुट्ने र नयाँले पनि सदस्यता लिने अवसर पाउने बताएका हुन् । उनले बैशाखभर क्रियाशील सदस्यता वितरण गरिने पनि बताए ।

उनले भदौ २४, २५ र २६ गते १५ औँ महाधिवेशन हुने बताए । यसबारेको टुंगो बैठकले टुंगो लगाउने पनि उनले बताए ।

सभापति थापाले यो सबै निर्णय पार्टीको केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका छन् । अब केन्द्रीय कार्यसमितिले टुंगो लगाउने छ ।

उनले कुनै पनि जिम्मेवारीमा जानका लागि पब्लिक पोलिसीको कक्षा लिनुपर्ने पनि बताए ।

सभापति  थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताए।

उनले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानविन गरी अवैध सम्पती जफत गर्नुपर्ने आफूहरुको मुख्य माग रहने पनि बताए ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रश्ताव गर्ने पनि बताए । उनले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताए  । विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

उनले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

यस्तो छ प्रस्तावित महाधिवेशनको कार्यतालिका:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)