मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओली लेखक पक्राउ दुराशयपूर्ण : पूर्ण बहादुर खड्का


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०८२
  • 230
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसको देउवा समूहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउ वर्तमान सरकारको पूर्वाग्रही निर्णय हो भनेको छ ।

सो समहूको आज बसेको बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा भनेर गरिएको सो पक्राउ गैरसंवैधानिक र गैरकानुनी भएकाले त्यसको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

देउवा पक्षका कांग्रस नेताहरुको बैठकले ओली र लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

उनीहरुको आज ठमेलको एक होटलमा बैठक बसेर कार्यवाहक सभापतिको हैसियतमा खड्काले विज्ञप्ति जारी गरेका थिए । साथै सो विज्ञप्तिमा आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्तालाई तयार रहन अपिलसमेत गरेका छन् ।

‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ कांग्रेसकै लेटर प्याडमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ । साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।’

यसअघि एमालेले पनि आजै बिहान पार्टीको केसन्द्रीय समितिको आकस्मिक बैठक बसेर सो घटनाको विरोध गर्दै ओली लेखक रिहाइको माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)