मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओली-लेखक पक्राउ सरकारको अपरिपक्क निर्णय- पूर्वराष्ट्रपति भण्डारी


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०८२
  • 223
    SHARES

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

आइतबार जारी प्रेस विज्ञप्तिमा उहाँले भदौ २३ र २४ गतेको घटनासम्बन्धी उक्त प्रतिवेदन पूर्ण अध्ययनबिना कार्यान्वयन गर्ने निर्णय हतारमा गरिएको र संवेदनशील विषय भएको उल्लेख गर्नु भएको हो। यस्तो निर्णयले वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने भण्डारीको भनाई  छ।

उहाँले प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने उल्लेख गर्दै हतारमा गरिएका निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिनु भएको छ ।

विज्ञप्तिमा उहाँले सुशासनलाई मुख्य एजेन्डा बनाएको सरकारले यस्तो अपरिपक्व कदम चाल्नु दुःखद भएको बताउँदै लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्नु भएको छ ।

साथै, सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन पनि उनले आग्रह गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)