मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेताहरूका गतिविधि गतिछाडा भएको चन्द्र भण्डारीको टिप्पणी


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 124
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि उनले पुराना नेताहरूलाई आग्रह गरेका छन्।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका छन्।

“झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा—न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ? भन्दै उनले प्रश्न उठाएका छन्।

नेता भण्डारीले खड्का-कोइराला समूहको गतिविधिलाई घुमाउरो तरिकाले गतिछाडा गतिविधिको संज्ञा दिएका छन्।
उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्।

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुन सक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो।
उनले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)