मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०८२
  • 133
    SHARES

काठमाडाैँ –  चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ । दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

 

सचिवालयकाअनुसार बैठकमा सम्बोधन गर्ने नेताहरुलाई दलिय आधारमा बोल्ने समय निर्धारण गरिएको छ । रास्वपालाई २५ मिनेट, काँग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसद पुन लाई ५ मिनेटको समय निर्धारण गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रश्तुत गर्ने, संसद नियमावली, २०७९ प्रश्तुत गर्ने, शोक प्रश्ताव परित गर्ने लगायतका सम्भावित कार्यसूचि समेत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)