मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख पदका लागि आज मनोनयन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०८२
  • 116
    SHARES

काठमाडौं-  सङ्घीय संसद् सचिवालयले पर्सि आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।

आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै आजै दिउँसो साढे २ बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन हुनेछ । दर्ता भएका प्रस्तावका सूचनालाई पर्सि आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपछि निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद अर्याललाई प्रस्ताव गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)