मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाका सभापति लामिछाने र राप्रपा दलका नेता शाहीबीच भेटवार्ता


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २१, २०८२
  • 132
    SHARES

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीबीच भेटवार्ता भएको छ। लामिछानेसँग आज बिहान भेटवार्ता भएको शाहीले जानकारी दिनु भएको छ ।

शाहीले भेटवार्ताको फोटो सार्वजनिक गर्दै आफुहरु एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका बताउनु भएको छ। , ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ। राप्रपा संसदीय दलका नेता शाहीले लेख्नु भएको छ ।

 

 

सभामुखमा रास्वपाका उपसभापति डिपी अर्याल बन्ने निश्चित भएसँग उपसभापति को बन्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला उहाँहरु बीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

संविधानत् प्रतिनिधि सभाको सभामुख वा उपसभामुख एकै दलको हुन नुहुँने  ब्यवस्था रहेको छ । रास्वपाबाट सभामुख हुने निश्चित भएपछि अब उपसभामुख रास्वपा बाहेका अन्यदलबाट बनाउनु पर्ने अवस्था रहेको छ । उपसभामुखमा विपक्षीदलहरु नेपाली काँग्रेस, नेकपा र राप्रपा लगायतका दल आकाँक्षी देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)