मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन पूर्वाधार सुदृढ बनाउन ठूला लगानी आवश्यक : मुख्यमन्त्री यादव


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 180
    SHARES

धनुषा-   मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधामको पर्यटन पूर्वाधार सुदृढीकरणका लागि ठूला लगानी आवश्यक रहेको बताउनुभएको छ ।

आज करिब दुई अर्ब रुपैयाँको निजी लगानीमा जनकपुरधाम उपमहानगर– १४ मा निर्माण गर्न लागिएको पाँचतारे होटलको शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित जनकपुरधाममा अन्तरराष्ट्रियस्तरको सेवा सुविधा विस्तार हुँदा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको हो ।

 

प्रतिनिधिसभा सदस्य मनिष झाले निजी क्षेत्रको सक्रियताले विकास निर्माणमा तीव्रता ल्याएको उल्लेख गर्दै पर्यटन उद्योगलाई सुदृढ बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । परियोजना प्रवर्द्धक मिथिला हस्पिटालिटी प्रालिका अध्यक्ष रामेश्वर साहले सो होटल करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उक्त होटल सञ्चालनमा आएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने र अप्रत्यक्ष रूपमा सयौँ व्यक्तिलाई लाभ पुग्ने जनाइएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साह, सञ्चालक समिति सदस्य काजी लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)