शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आफ्ना पक्षका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन प्रधानमन्त्रीले जालझेल गरिरहेको कांग्रेसको आरोप


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २३, २०८३
  • 137
    SHARES

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्ना पक्षका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन विभिन्न जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति थापाले प्रधानमन्त्री साहले सो उद्देश्य पूरा गर्न संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको जिकिर गरेका हुन्। संसदको अधिवेशन आह्वान गर्ने र बन्द गर्ने प्रक्रिया समेत यही रणनीतिका लागि रचिएको प्रपञ्च भएको उनको भनाइ छ ।

थापाले संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेको आरोप पनि लगाए । प्रधानमन्त्रीले आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने प्रयास अस्वीकार्य हुने भन्दै उहाँले कडा आपत्ति जनाए ।

उहाँका अनुसार बिहीबार अपराह्न ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । उक्त बैठकमार्फत बहुमतको आधारमा आफूले चाहेको नाम पारित गराउने तयारी भइरहेको आरोप पनि उनले लगाए । प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीको उपस्थितिमा बहुमत पुर्‍याएर निर्णय गराउने प्रयास भइरहेको भन्दै उहाँले यसलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदम बताए ।

थापाले विगतमा पनि यस्तै प्रकारको प्रयास भएको स्मरण गर्दै अहिलेको कदम पनि त्यही शैलीको दोहोरिएको अभ्यास भएको टिप्पणी गरे । यस विषयमा नेपाली काँग्रेसको असहमति रहेको र संसदभित्र पनि यो मुद्दा उठाइने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)