मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २४, २०८३
  • 123
    SHARES

काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ ।

बागमी प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्नुभएको छ ।

साथै उहाँले सबै भाषाहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । “प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०” कार्यान्वय गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा ९नेवारी० लाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागु गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)