शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस

राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको लिखित फरक मत


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २४, २०८३
  • 179
    SHARES

काठमाडौँ-  संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा वरियताक्रममा चौथो स्थानमा रहेका डा‍. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।

संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाई पश्चात विधिवत रुपमा उहाँ नेपालको ३२औं प्रधान न्यायाधीश बन्नुहुनेछ ।

यद्यपि, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताले लिखित फरक मत जनाएको बताइएको छ ।

नेपालको संविधानको धारा २८४ अनुसार, संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक संवैधानिक परिषद रहने व्यवस्था छ ।

परिषदमा हाल प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश (प्रधानन्यायाधीश सिफारिसमा कानुनमन्त्री सोविता गौतम), प्रतिनिधिसभाको सभामुख डिपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधिसभामा विपक्षी दलको नेता भिष्मराज आङदेङ्बे र प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुर सदस्य हुनुहुन्छ ।

आजको परिषदको बैठकमा सबै सदस्य उपस्थिति रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधान न्यायाधीशको पद रिक्त हुनु अगावै एक महिना अघि प्रस्तावित प्रधान न्यायाधीशको नाम नियुक्तीका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही बमोजिम न्याय परिषद्ले फागुन २६ गते भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)