शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुन्छौ : सभापति लामिछाने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २७, २०८३
  • 155
    SHARES

ललितपुर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताउनुभएको छ ।

आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत  अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताउनुभयो । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो । यति सजिलो संघर्ष दुनियामा कहिल्यै कसैले गरेको छैन । हामी त्यति सजिलो संघर्षबाट आएका हौँ । तर यो संघर्ष यति सजिलो पार्नको लागि जुन संघर्ष यसअघिका राजनीतिज्ञहरुले गरे त्यो जग त हामीसँग छ नि राजनीतिको रुपमा । पार्टी, विचार र सिद्धान्तका रुपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनको हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईंहामीले अहिले पनि गर्नु परेन, भोलि पजि गर्नुपर्ने छैन । अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ । मलाई अहिले पनि साथिहरुले कहिले काँही भन्नुहुन्छ– सभापतिज्यू म त शुरुवातदेखि लागेको, पार्टीमा योगदान छ भनेर योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ । मलाई दुःख लाग्छ । यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथिहरु । योगदान त अब दिने हो । अहिले हामी एतिहासिक क्रान्तीबाट आएका छौँ । यो क्रान्तीलाई पनि परिणाम दिन सकेनौँ भने तपाईं हामी नालायक भनेर निस्किन्छौँ ।’

उहाँले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)