शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँडे प्रधानमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 129
    SHARES

काठमाडौँ –  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका थिए। राष्ट्रपति पौडेलले करिब एक घण्टादेखि नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठक हलको वातावरण सामान्य रूपमा अघि बढिरहेको थियो।

संसद्को रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेर आफ्नो आशनमा फर्किएका प्रधानमन्त्री शाह केही बेरमै निस्किएर हिँडे ।

नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको समयमा अधिकांश मन्त्री तथा सांसदहरू भने बैठकमै उपस्थित रहेर ध्यानपूर्वक दस्तावेज सुनिरहेका थिए।

सरकारले आगामी आर्थिक वर्षका प्राथमिकता र नीतिगत दिशाबारे जानकारी दिइरहँदा संसदभित्रको गतिविधि र शीर्ष नेतृत्वको उपस्थिति–अनुपस्थितिले भने राजनीतिक वृत्तमा थप चासो बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)