शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभापति लामिछाने दिल्लीमा ,भाजपाका नेताव्दारा स्वागत


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 88
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

सोमबार दिउँसो उनी दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले ले स्वागत गरेका थिए ।

भाजपाको औपचारिक निमन्त्रणामा लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुगेको जनाइएको छ । भ्रमणका क्रममा द्विपक्षीय राजनीतिक तथा आपसी सम्बन्धसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि भ्रमण दलमा सहभागी छन् ।

यस भ्रमणलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ, जसले नेपाल–भारत राजनीतिक सम्पर्क र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउन सक्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)